७ वैशाख २०८१ शुक्रबार
समाज

माधव नारायण नगरपालिकाको अग्निपीडितलाई राहत

रौतहटको माधव नारायण नगरपालिका ४ मानपुरमा आइतवार भएको भीषण आगलागीका पीडित परिवारलाई राहत सामग्री जुटन सुरु भएको छ। विभिन्न संघसंस्थाले अग्निपीडितलाई राहत सहयोग गर्न थालेका छन्।

आगलागीको घटना लगत्तै नेपाल रेडक्रस सोसाइटीको रौतहट शाखा सभापति राजकिशोर यादवको नेतृत्वमा तत्काल गैरखाद्य सामग्री सहयोग गरिएको थियो। अग्निपीडित पन्ध्र परिवारलाई रेडक्रसको तफबाट त्रिपाल, कम्बल, साडी, धोती, कपडा सेट, डोरी तथा भाँडाको एक सेट प्रदान गरिएको शाखाका मन्त्री धर्मेन्द्रकुमार सिंहले जानकारी दिए।  

यसै गरी घटना लगत्तै जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले एक बोरा चामल, दाल, साबुन, नुन, तरकारी, झुल लगायतका अत्यावश्यक खाद्यान्न सामग्री राहत प्रदान गरेका छन्।

त्यस्तै आइतवार नै साँझ रौतहटको गौर नगरपालिकाका प्रमुख शम्भु साहले पनि अत्यावश्यक राहत सामग्री सहयोग गर्न पुगेका थिए। गौर नगर प्रमुख साहले अग्निपीडित पन्ध्र परिवारलाई त्रिपाल, कम्बल तथा खाद्यान्न सामग्री सहयोग गरेका छन्।

माधव नारायण नगरपालिकाका प्रमुख  बैजनाथ प्रसाद यादवले पनि अग्निपीडित परिवारलाई भेटेर राहत सामग्री प्रदान गरेका छन्। नगर प्रमुख यादवले ग्याँस सिलिन्डर, ग्याँस चुल्हा, त्रिपाल, कम्बल, भाँडा वर्तन, साडी सेट, सर्ट पाइन्टको कपडा, धोती, कुर्ता, गमछा, गन्जी, तन्ना, झुलका साथै चामल, दाल, नुन, तेल, आलु, प्याजलगायतका खाद्यान्न सामग्री अग्निपीडित परिवारलाई वितरण गरेका छन्।

आइतवार दिउँसो आगलागी हुँदा मानपुरमा करिब दुई दर्जन घर जलेका थिए। मानवीय क्षति नभए पनि करोडौँको क्षति पुगेको थियो। आगाले आधा दर्जन परिवारको सम्पूर्ण सम्पत्ति जलेको थियो।

प्रकाशित: २७ चैत्र २०७९ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App