२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

उदयपुर ट्रक दुर्घटना: सिसिटिभी फुटेज देखाइएपछि आन्दोलन फिर्ता, मृतकको शव अस्पतालमा

ट्रकको ठक्करमा परेका मृतक मगर। तस्विरः महेश्वर

मालवाहक ट्रकले ठक्कर दिएर एक युवाको मृत्यु भएपछि स्थानीयले गरेको सडक तथा बजार बन्द दिउसो देखि सुचारु भएको छ। 

काठमाडौँदेखि झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नं. को ट्रकले सदरमुकाम गाईघाटमा आइतबार विहान प्र. १–०५–००१ प ६१५९ नं. को मोटरसाइकललाई ठक्कर दिदा त्रियुगा नगरपालिका १४ साउनेका ४३ वर्षीय तारणी मगरको ज्यान गएको थियो।

मगरको मृत्यु हुनुमा ट्रकको गल्ती औँल्याउँदै स्थानीयले गरेको बजार र यातायात बन्द क्लोज सर्किट क्यामेरा (सिसिटिभी) फुटेज देखाइएपछि खुलेको हो। बजारको सिसी फुटेजले ट्रकको मात्र गल्ती नभई स्वयं मगरको पनि भएको देखाएपछि प्रहरीको आग्रहमा बन्दकर्ताहरुले आन्दोलन फिर्ता लिएका हुन्। फुटेजमा त्रियुगा नगरपालिका ११ गाईघाटको हिमाली टोलबाट आएको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा आउँदै गरेको ट्रकसँग ठक्कर खाएर दुर्घटनामा परेको देखाएपछि बन्द फिर्ता लिएको प्रहरीले जनाएको छ।

आन्दोलनकारीले बन्द गराएको बजार पसल ३ घण्टापछि खुले पनि शवको पोष्टमार्टम भने आज हुन नसकेको त्रियुगा १४ का वडाध्यक्ष हिमराज मगरले बताए। उनका अनुसार प्रहरी कार्यालयमा बसेको पीडित पक्ष, यातायात व्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरूको छलफल निष्कर्षमा पुग्न नसकेपछि पोष्टमार्टम गर्ने प्रक्रिया अघि बढ्न नसकेको हो। 

त्रियुगा १४ की निर्वाचित महिला वडा सदस्य रेखा मगरकी श्रीमान् मृतक नेकपा (माओवादी केन्द्र) त्रियुगा नगर कमिटीका सदस्य थिए। त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राईले घट्नाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही, मृतकको परिवारलाई उचित क्षतिपूर्ति तथा पीडितलाई न्याय दिने ग्यारेन्टी भएपछि मात्र शव पोष्टर्माटम गर्न जाहेरी दिने पीडित पक्षको माग छ। आइतबारको छलफलमा सो कुराको निक्र्यौल नभएकाले जाहेरी दिन रोकिएको राईले बताए। 

प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले ट्रक चालक झापाको कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भईरहेको बताएका छन्। उनले जिल्ला अस्पतालमा राखिएको मृतकको शव आफन्तबाट जाहेरी आउन ेबित्तिकै पोष्टमार्टम गरी जिम्मा दिइने बताए। 

प्रकाशित: २६ चैत्र २०७९ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App