१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बर्दियाका पाँच घरमा आगलागी

फाइल तस्बिर

बर्दियामा आगलागी हुँदा पाँच घरमा क्षती भएको छ। गेरुवा गाउँपालिका–५ पथरैया कार्की टोलमा आगलागी हुँदा पाँच घरमा क्षति भएको हो। आइतबार दिउँसो दुई बजे नबिन शाहीको घरमा अचानक आगलागी भएको हो।  

शाहीको घरबाट भएको आगलागी फैलिएर नकब बम, पदम बम, बल बम र लासु बमको कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो खुलेको छैन।

प्रहरीका अनुसार मानविय क्षति नभएको र अन्य क्षति विवरण आउने क्रममा छ। आगलागी भएको जानकारी पाउन साथ प्रहरी चौकी पशुपति नगर, ईलाका प्रहरी कार्यालय पाताभार, ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जिल्लाप्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए।

प्रकाशित: २६ चैत्र २०७९ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App