१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सिम्रौनगढ नगरपालिकाका तत्कालीन कर्मचारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका  बाराका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासिनीलगायत दुई जना व्यक्ति विरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्वारा बुधवार जारी विज्ञप्ति अनुसार नगरपालिका प्रशासकीय अधिकृत मरासिनीलगायत लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवको विरुद्धमा मुद्दा दायर गरिएको हो।

आयोगको विज्ञप्ति अनुसार आर्थिक वर्ष २०७६।०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीसमेतको सफ्टवेयर खरिद तथा जडान÷विस्तार गर्ने कार्यमा १ लाख ९९ हजार ८९७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो। 

प्रकाशित: २२ चैत्र २०७९ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App