६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कलेजको बस चालकमाथि कुटपिट गर्ने पक्राउ

ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट गर्ने व्यक्ति मंगलबार पक्राउ परेका छन्।  

भक्तपुर प्रहरी वृत जगातीबाट खटिएको टोलीले कुटपिट गर्नेलाई कारसहित दिउँंसो पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले बताए। वृत जगातीका प्रहरी हवल्दार सुदन खतिवडाको टोलीले कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाडा बस्ने वर्ष ३८ को वाला तामाङलाई कारसहित नियन्त्रणमा लिएको एसपी केसीले जनाए। हाल उनलाई वृत जगातीमा राखिएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेजको विद्यार्थी बोक्ने बसको चालकमाथि यसअघि विहान साढे दस बजे कुटपिट भएको थियो। काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने वर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरित दिशातर्फ जादै गरेको बा ५ ख ५४७३ नं को कारमा सवार ४÷५ जना पुरुष ब्यक्तिहरुले गालीगलौज गरी स्ट्रेरिङमै कुटपिट गरेको प्रहरीले जनाएको छ। उनीहरुले निज चालकलाई मार्नेसमेत धाकधम्की दिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।  

उक्त कार र सबार ब्यक्तिहरु कुटपिटपछि गुण्डुतर्फ फरार भएका थिए। कुटपिटबाट निज बस चालकको घाटीमा भित्री चोट लागेको जनाइएको छ।  

प्रकाशित: २१ चैत्र २०७९ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App