७ वैशाख २०८१ शुक्रबार
समाज

दुई दिनदेखि गुलरिया–मुर्तिहा सीमा एकतर्फी शिल

गुलरिया–मुर्तिहा स्थित दश गजा क्षेत्र। तस्बिर: निर्मल घिमिरे

२१ जिल्लाको सदरमुकाम गुलरिया आवागमन गर्ने गुलरिया–मुर्तिहा सीमालाई भारतका वन अधिकारीले सोमबार दिउँसो देखि रोक लगाएका छन्। दुई देशिय अन्तराष्ट्रिय कानुन मिचेर नेपाल र भारतको भारतीय वन अधिकारीले सीमा अवरुद्ध गर्दा सर्वसाधरण समस्या परेका छन्।

उक्त नाकाबाट उपचार गराउँन भारतका शहर जाने बिरामीको संख्या अधिक हुन्छ। वन अधिकारीले विना सूचना बन्द गर्दा भारतको सीमा सुरक्षाका लागि खटिएका एसएसबि र नेपाल पक्षका सुरक्षा अधिकारी असन्तुष्ट भएका छन्।  

काउन्टरपार्टसँग समन्वय नगरी भारतीय पक्षका वन अधिकारी(डिएफओ) आकाश द्धिपको निर्देशनमा सीमा नाकामा खटिएका रेन्जर अशोक त्यागीले नेपालीलाई आवागमन रोक लगाउँने नाममा दुरव्र्यवहार गरिरहेको पाइएको छ। उनले नेपालदेखि चल्ने टाँगा चालकलाई समेत कुटपिट गरेको आरोप छ।

बटालियन कमाण्डर निर्देशन नभएकाले एसएसबिले आवागमन रोक नलगाएको सीमामा खटिएका एक एसएसबिले बताए। ‘हामीले रोक लगाएको होइन,’ति एसएसबिले भने,‘वन अधिकारीले बलजफ्ति गरेर रोक लगाएको हामीलाई मन परेका छैन।’ रोटि र बेटिको सम्बन्ध रहेको दुई देशको आवागमनमा गरिएको एकतर्फी रुपमा गरिएको सीमा रोक लगाउँने कार्य कानुन मिचेर गरिएको छ। सीमा शिल गर्दा बिना सूचना र समन्वय विना गर्न नपाईने उनले तर्क गरे। भारतिय वन अधिकारीले जंगल सरसफाईमा नेपालीलाई प्रबेश गराएर गराउँने गरेका छ। जंगल सफाई गराए वापत घास र दाउँरा नेपाली ल्याउँने दिने गरेका छ। त्यस क्रममा रुख कटान भएको आरोप लगाएर वन अधिकारीले आवागमन ठप्प पारेको एसएसबिको अनुमान गरे। उनका अनुसार नेपालीलाई काम गराएर पैसा नदिने वन अधिकारी मनोमानी रोक्न पर्छ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले भारतीय पक्षसँग समन्वय गरेपछि मंगलबार छिटफुट रुपमा मानिस आवगमन भएपनि पूर्ण रुपमा सीमामा नेपालीलाई सहज छैन। एकतर्फी सीमा सिल भएको जानकारी लिन खोज्दा सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर शाहीसँग फोन नउठदा सम्र्पक हुन सकेन।

सीमामा अन्तराष्ट्रिय कानुन मिचेर वन अधिकारीले एक तर्फी सीमा आवागमन रोक्न नहुने गुलरिया नगरपालिकाका वडानं. ७ का वडा अध्यक्ष मनोज यादवले बताए। ‘सीमा आवागमन रोक लगाउँदा दुई देशको सुरक्षा अधिकारीको समन्वय पछि  हुने गर्छ’ नेपाल भारतको मैत्री संघका केन्द्रिय सदस्य समेत रहेका यादवले भने,‘एक तर्फी रुपमा रोक लगाएकाले भारतीय पक्षसँग पत्राचार गर्ने कार्य अघि बढाएका छौ।’

प्रकाशित: २१ चैत्र २०७९ ०७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App