९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

पार्किङ शुल्कको विरोधमा विमानस्थलमा ट्याक्सी सेवा बन्द

फाइल तस्विर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ट्याक्सी पार्किङ शुल्कको विरोधमा आज त्यस क्षेत्रमा  ट्याक्सी चालकले सेवा बन्द गरेका छन।  

त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको र १०० रुपैयाँ पुर्‍याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरुले आज  त्यस क्षेत्रमा सेवा बन्द गरी विरोध जनाएका छन।  यसअघि  मंसिर १३ मा पनि उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए। अन्यत्र भने ट्याक्सी सुचारु रुपमा संचालन भईरहेको छ।  

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ। त्यहाँ पार्किङ गर्ने अन्य सवारी साधनका धनीहरुले पनि महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन।

प्रकाशित: २१ चैत्र २०७९ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App