८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बाँकेको फत्तेपुर जंगलमा मृत चितुवा फेला

बाँकेको फत्तेपुर जंगलमा मरेको अवस्थामा फेला परेको चितुवा। तस्बिर: नागरिक

बाँकेको राप्तीपारीस्थित फत्तेपुर जंगलमा मरेको अवस्थामा चितुवा फेला परेको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ अन्तरगत पर्ने ‘राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समुह’ को ब्लक नम्बर ३ को संरक्षित वनक्षेत्र भित्र मरेको अवस्थामा चितुवा फेला परेको वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेलले जानकारी दिए।

‘सडेंगलेको अवस्थामा चितुवा फेला परेको छ,’ उनले भने। उक्त स्थानमा अनुसन्धान गर्ने केही बस्तु फेला परेको वडाअध्यक्ष खरेलले बताएका छन्। यस विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने उनको सुझाव छ।  ‘सम्बन्धित निकायको अनुसन्धानले के गर्छ हेर्न बाँकी छ,’ खरेलले भने।

उक्त सामुदायिक वन डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रमा पर्दछ। गतवर्ष सोही क्षेत्रमा पाटेबाघले मान्छेमाथी निरन्तर आक्रमण गरेको थियो।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले यस विषयमा अनुसन्धान सुरु गरिएको बताए। चितुवा आफै मरेको नभएर कसैले मारेको हुन सक्ने उनको भनाइ छ।

‘चितुवा कसैले मारेको जस्तो देखिन्छ, तर चितुवाको शरिरका अंगहरु झिकेर लगेको देखिदैन,’ कर्णले भने। करिव ३/४ दिन अगाडी मरेको हुँदा चितुवा गन्हाउने अवस्थामा पुगिसकेको र स्थानीय बासिन्दाले थाहा पाएपछि कार्यालयलाई खबर गरेको बताए।

प्रकाशित: २० चैत्र २०७९ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App