७ वैशाख २०८१ शुक्रबार
समाज

कोशी प्रदेश नामकरणविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग

तस्बिर: प्रसन गरुङ/नागरिक

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।

शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो।

शुक्रवार सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीमध्ये एक राजन मिकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडो भन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए।

उनले नागरिकको समस्या समाधान गर्न नसके, प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने बताए। उनले राज्य पक्ष सुरुवाती चरणमा गम्भीर नबने पनि समय र परिस्थितिले गम्भीर हुन बाध्य गराउने उल्लेख गरे।

प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर्, पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर्, संघीयता पुनः सीमाङ्कन गर्, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई शहीद घोषणा गर लगायतका नारा लगाएका लिए।

तस्बिर: प्रसन गरुङ/नागरिक

प्रकाशित: १७ चैत्र २०७९ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App