८ वैशाख २०८१ शनिबार
समाज

दश बर्षिय अमृतले पाउने कृत्रिम खुट्टा र ह्विलचियर

पर्वत जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा पर्वतका दश बर्षिय अमृत तिवारीले केहीदिनमा कृक्रिम खुट्टा जडान गर्दैंछन् भने थप सहजताका लागि ह्लिचियर पनि घरमै पुग्दैछ।

उमेरले दश लागेका अमृतको कष्टकर जीवनलाई केही हदसम्म भए पनि मानव निर्मित अङ्गको प्रयोगले सहज बनाइदिने भएपछि आमा बिमलाकुमारी र उमानाथ तिवारीका आँखामा हर्षको आँसुसँगै ओठमा मुस्कान देखिएको छ।

विमलाकुमारी र उमानाथले केहीदिनमा छोराले दुवै खुट्टाले टेकेर हिँडेको हेर्न धोको पूरा हुन लागेकोमा खुसी भएको बताउँछन्। ‘खातामा पनि करिब ४० लाख जम्मा भएको छ, ‘छोराको समस्याका बारेमा समाचार प्रकाशित भएपछि सबैतिरबाट सहयोगको ओइरो लाग्यो’ उमानाथले नागरिक न्यूजलाई भने।

उनले आफ्नो छोराको लागि प्राप्त भइरहेको सहयोगलाई कुनैपनि हालतमा दुरुपयोग हुन नदिने बताए। ‘छोरको जीवन वैशाखीको भरमा नै अब जिन्दगी बित्छ जस्तो लागेको थियो,‘समय–समयमा कृतिम खुट्टा फेरिदिने बाचा भएको छ’ उमानाथले भने।

चैत्र १३ गते नागरिक न्यूजमा छोरालाई कृतिम खुट्टा खोज्दै बिमलाकुमारी तिवारी भन्ने समाचार प्रकाशित भएपछि दिपेन्द्र लम्साललको पहलमा १६ हजार बराबरको ह्विलचियर र रमेश दाहालले कृतिक खुट्टाका लागि लाग्ने खर्च तथा उमेर अनुसार फेरिने गरी प्रतिबद्धता प्राप्त भएको आर्थिक संकलन अभियानमा संयोजक लोकनाथ भुषालले बताए।

प्राकृतिक खुट्टा जस्तो नभए पनि हिँडडुलमा अमृतलाई कृत्रिम खुट्टा वरदान साबित हुने उनले बताए। शारीरिक अशक्तको पीडा र समस्यालाई नजिकबाट हेरेको अवस्थामा समाचारको माध्यमबाट यो सम्भव भएको बताए।

अमृतका बुबा ४० वर्षिय उमानाथले स्वासनलीको समस्याका कारण कष्टकर जीवन बिताइरहेका छन्। अमृतलाई ६ महिनामा नियमित औषधी खुवाउनुपर्ने भएपनि पैसाको अभावले केही महिना औषधी समेत पुर्‍याउन समस्या भइरहेको छ।

गाउँकै विपन्न तिवारी दम्पत्तीको तीन छोरीपछि जन्मिएको छोरा अशक्त भएपछि सहयोगको याचना गरेका थिए।

प्रकाशित: १६ चैत्र २०७९ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App