७ वैशाख २०८१ शुक्रबार
समाज

कपिलवस्तुमा अवैध रूपमा भित्र्याउँदै गरिएका कुखुरा बरामद

कपिलवस्तुको शिवराज नगरपालिका– ४ वसन्तपुर चोक नजिकै भारतबाट अवैध रुपमा भित्राइएका ४ लाख बढी मूल्यका ब्रोइलर कुखुरा बरामद गरिएको छ।

प्रहरी गस्ती टोलीले १६ सय ८० केजी कुखुरा बाटोमा राखिएको अवस्थामा फेला पारेको हो। प्रहरी गस्ती टोली र ह्यचरी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द खड्का, दाना व्यावसायिक संघ लुम्बिनी प्रदेशका सचिव राज कुमार पराजुली सहितको  संयुक्त टोलीले अनुगमन गर्दा बेवारिसे अवस्थामा सो कुखुरा फेला परेको प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बत्ताइन।

५ सय ६० वटा अन्दाजी ४ लाख २० किलोका कुखुरा स्थानीय जनप्रतिनिधि र स्थानीय व्यक्तिहरूको रोहबरमा खाडल खनी नष्ट गरिएको छ।

केही महिना यता नेपाल तर्फ मूल्य बढे पछि तस्कारहरुले कुखुरा लगायतको व्यापक तस्करी भइरहेको कुखुरा व्यवसायीहरू बताउँछन्। भारतीय कुखुरा तस्करी हुँदा आफूहरू मारमा परेको व्यवसायीहरूको गुनासो छ।

प्रकाशित: १६ चैत्र २०७९ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App