१० असार २०८१ सोमबार
image/svg+xml
समाज

राम मन्दिरमा भक्तजनको भीड

आज राम नवमी पर्व मनाइँदै छ। राम नवमीको अवसरमा काठमाडौँमा पनि भगवान् श्रीरामका मन्दिरमा पुग्ने दर्शनार्थीहरुको भीड उल्लेख्य छ।

 काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा पनि भक्तजनको भीड रहेको छ। चैत्र शुक्ल नवमीको अवसरमा भगवान् श्रीरामको जन्म भएको अवसरमा राम नवमी पर्व मनाउने गरिन्छ। त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। सोही सम्झनामा आजको दिन राम नवमी पर्व विशेष रूपमा मनाइन्छ।

 त्रेता युगमा भगवान् राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो। राम नवमीको अवसरमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ। आज विशेष गरेर जनकपुर धाममा राम नवमी पर्व मनाइँदै छ। 

प्रकाशित: १६ चैत्र २०७९ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App