४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

मधेस प्रदेशमा ११३ जना प्रहरीको जिम्मेवारी खोसियो, अप्रेसन जारी

मधेस प्रदेश प्रहरी कार्यालयले प्रदेशभरका एक सयभन्दा बढी प्रहरीलाई कारबाही गरेको छ । प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको  विषय सार्वजनिक हुन थालेपछि एक मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले ती प्रहरीलाई जिम्मेवारीबाट हटाएको  हो ।

मधेसका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, जिम्मेवारी खोसिनेमा प्रदेशका आठै जिल्लामा कार्यरत १ सय १३ जना प्रहरी छन् । जसमा सादा पोसाकमा काम गर्ने घुमुवा तथा गैरव्यावसायिक गतिविधिमा संलग्न विभिन्न दर्जाका प्रहरी कर्मचारी छन् ।

उनीहरूलाई कार्यरत रहेको ठाउँबाट अन्यत्र सरुवा गरी पठाइएको डीआईजी चतुर्वेदीले जानकारी दिए । गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरीको पहिचान गर्ने र त्यहाँबाट अन्यत्र पठाउने काम अझै जारी रहेको उनले बताए ।

हामीले अहिले जिम्मेवारीबाट कम्तीमा एक १३ जनाभन्दा बढीलाई हटाएका छौं, अन्यको पनि पहिचान गर्ने काम भइरहेको छ,' डीआईजी चतुर्वेदीले नागरिकसंगभने, 'संगठनमाथि आँच पुर्‍याउनेहरूप्रति हामी निर्मम भएर जान्छौं ।'

प्रकाशित: ९ भाद्र २०८२ १६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App