coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाँजासहित पाँच जना पक्राउ

मोरङको रंगेली नगरपालिका–२ र ३ बाट प्रहरीले २२४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।

मंगलबार राति भारततर्फ गाँजा लैजाँदै गर्दा एकजना नेपालीसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार रंगेली–३ का वीरबहादुर कार्की, भारत अररियाका ३० वर्षीय सिन्टुककुमार सिंह, २९ वर्षीय दीपक झा, २४ वर्षीय प्रवीण पासवान र विष्णुकान्त मिश्र पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूले नेपालबाट गहुँबारी हुँदै भारततर्फ ठूलो परिणामको गाँजा लैजाँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए। उनीहरूले प्लास्टिकले प्याक गरेर बोरामा राखेर भारततर्फ गाँजा लैजान लागेका थिए। 

प्रकाशित: १६ चैत्र २०७९ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App