१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुरको बागमती गाउँपालिका-८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

फापरबारीबाट हेटौडातर्फ आउँदै गरेको बा २५ प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती-८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौडा अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। स्याङ्तानको शव परीक्षणका लागि हाल हेटौडा अस्पतालमा राखिएको छ। ठक्कर दिने मोटरसाइकल चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १५ चैत्र २०७९ ०४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App