coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सेतो मच्छिन्द्रनाथको रथजात्राका कारण काठमाडौको भित्री सडक आज देखि ५ दिनसम्म प्रभावित

सेतो मच्छिन्द्रनाथको रथजात्राको कारण काठमाडौको भित्री सडकमा आज बुधबारदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुने भएको छ।

काठमाडौं महानगरपालिकाले एक सुचना जारी गरी आजदेखि आइतबारसम्म सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ।रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको महानगरले जनाएको छ।

आज(चैत १५ गते) तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ। 

चैत १६ गते (भोलि)असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ।  

महानरगका अनुसार चैत १८ गते (लगन चोक) र १९ गते लगन चोक दलाछि ह्युमत (जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन।

रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ।आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै छ । दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि ३२ फुट अग्लो रथ तयार गरिएको छ।चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुनेगर्छ।

तीनधारा पाठशालाअगाडिबाट सुरु हुने रथयात्रा पहिलो दिन भोटाहिटी हुँदै असनमा पुगेर रोकिन्छ । दोस्रो दिन रथ हनुमानढोकामा पुर्‍याइन्छ ।तेस्रो दिन लगनटोलमा लगी जात्रा सम्पन्न गर्ने परम्परा छ। 

प्रकाशित: १५ चैत्र २०७९ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App