१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नगरप्रमुख श्रेष्ठमाथि मोबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा

सिरहाको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापिएको छ। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने क्रममा श्रेष्ठमाथि मोबिल छ्यापिएका हो।

प्रमख श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एक जनाले कागज देखाएर अल्झाएको र अर्को व्यक्तिले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डले बताए।

उनले भने, ‘मेयरसाब गाडीमा चढ्न खोज्दै हुनुहुन्थ्यो त्यतिकैमा एकजनाले मोबिल छ्यापिदिए। एकजनालाई तत्काल नियन्त्रणमा लिएपनि अर्को व्यक्ति भाग्न सफल भएको उनले बताए।

मोबिल छ्याप्नेहरुले नेपाल कम्यूनिष्ट पार्टी ‘बहुमत’ जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ। प्रहरीका अनुसार  सिरहाको नरहा गाउँपालिका–१ का साधुशरण महरालाई पक्राउ गरीएको छ। पक्राउ परेका महरालाई जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक टुपेन्द्र बुढाथोकीले जनाएको छ।

उनीहरुले छरेको पर्चामा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठलाई लघुवित्तमार्फत् गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, बजारको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेकोले जनकारवाही गरिएको उल्लेख छ।

घटनास्थलमा छरिएको पर्चामा फर्जी कागज बनाई गोलबजार–१ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र आफ्ना नेता कार्यकताविरुद्ध सुराकी गरेकोले जनकारबाही गरेको उल्लेख छ।

घटनाको विषयमा बुझ्न आएका कार्यकर्ताले केहीबेर पूर्व–पश्चिम लोकमार्गमा प्रहरीविरुद्ध नाराबाजी गर्दै चक्काजाम गरेका थिए। सिरहामा जनप्रतिनिधिमाथि मोबिल छ्यापेको यो पहिलो घटना हो।

प्रकाशित: १४ चैत्र २०७९ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App