४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध रुपमा भित्राइएको ४० बोरा चिनी बरामद

अवैध रुपमा भारतबाट भित्राइएको ४० बोरा चिनी कपिलवस्तु प्रहरीले बरामद गरेको छ। 

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.११ ओदारी स्थित सडकको छेउमा बेवारिसे अवस्थामा ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो।

एक लाख बराबरको भन्सार छली चिनी बरामद गरी सुठौलि भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी गस्ती टोलीले सो चिनी बरामद गरेको हो। ९९ हजार १५० रुपैयाँ मूल्य कायम गरी बरामद गरिएको चिनी सुठौली भन्सार चलान गरिएको निरीक्षक बोहोराले बताईन।

श्रोत अनुसार सो चिनी ट्रकबाट अवैध रुपमा चाकरचौडा नाकाबाट भित्राइएको हो।

प्रकाशित: १३ चैत्र २०७९ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App