coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश नामाकरणको आन्दोलनमा ज्यान गुमाएका लिम्बुकाे परिवारलाई प्रदेश सरकारले ३ लाख दिने

कोशी प्रदेश नामाकरण विरुद्ध भएको प्रदर्शनमा घाइते भई उपचारका क्रममा मृत्यु भएका पदम लिम्बुको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। 

सोमबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मृतक लिम्बुका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।

कोशी प्रदेश नामाकरण विरुद्ध विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीको लाठी लागेर घाइते भएका लिम्बुको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।

यस्तै मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलवल्गुडी झापाको निर्देशक पदमा अर्को व्यवस्था नहुन्जेल प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ। यस्तै पर्यटन वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ संशोधन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

प्रदेशको नामाकरणमा भूमिका खेल्नेहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए।

प्रकाशित: १३ चैत्र २०७९ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App