८ वैशाख २०८१ शनिबार
समाज

टिप्पर पल्टिँदा चालकको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १ तारेभीर नजिकै टिप्परले च्यापिएर एक जनाको मृत्यु भएको छ।

बांगेशीमलदेखि ल्याण्डफिल्ड साइट जाने सडक निर्माणको क्रममा ढुंगा लिएर जाँदै गरेको भे १ ख २२०५ नम्बरको टिप्पर पल्टिँदा चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा वीरेन्द्रनगर–२ टेम्पोपार्क बस्ने चालक ३२ का उमेश विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ढुंगा झार्ने क्रममा टिप्पर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीकाे भनाइ छ। ।

प्रकाशित: १३ चैत्र २०७९ ११:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App