coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामान्य विवादमा चिर्पट प्रहार गरी आफ्नै बुवाको हत्या

सामान्य विवाद पछि बुद्धभूमि नगरपालिका–१ बाबाकुटीमा स्थानीय एक युवाले आफ्नै बुवाको हत्या गरेका छन्।

विवाद पछि आक्रोशित २३ वर्षीय जिवन केसीले शनिवार राति ५५ वर्षीय आफ्नै बुवाको चिर्पट प्रहार गरी हत्या गरेका हुन्।

ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बुबासँग सामान्य विवाद पछि आक्रोशित बनेका जिवनले चिर्पटले प्रहार गरे पछि नारायण केसीको घटना स्थलमै मृत्यु भएको बताए।

घरमा झैँ-झगडा भइरहने कारणले बुवा र छोरा दुबैका श्रीमतीहरूले घर छाडेर गई सकेको स्थानीय बताउँछन्। घटना अघि पनि बुवा र छोरा बिच दिनहुँ जसो झगडा हुने गर्दथ्यो। घटना बारे थाहा पाए पछि घटना स्थल पुगेर प्रहरीले जीवनलाई पक्राउ गरेको थियो।

घटना बारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।

प्रकाशित: १२ चैत्र २०७९ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App