आरूघाट गाउँपालिकामा रहेको स्तुल खोलामा करिब चार करोड लागतमा पक्की पुल बन्ने भएको छ।
शनिबार आरूघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ र उपाध्यक्ष कल्पना नेपालीले पुलको शिलान्यास गरेका हुन्।
राजु गुरुङले निर्वाचन अघि पक्की पुल बनाउने बाचा गरेका थिए। बजार नजिकै भएर पनि आरूपोखरिका बासिन्दाले सवारीसाधन सहज रूपमा आवतजावत गराउन पाएका भने थिएनन् पुल बन्ने भएपछि आवतजावतमा सहज हुने स्थानीय बताउँछन्।
पुलको ठेक्का जलप मेटल प्रा लि र हाृम निर्माण सेवाले पाएका छन्। सम्झौता अनुसार ठेकेदार कम्पनीले पुलकाे निर्माण कार्य एक वर्ष भित्र सम्पन्न गर्नु पर्ने छ।
प्रकाशित: ११ चैत्र २०७९ १९:३८ शनिबार