नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ।आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो।
जनगणनाअनुसार एक वर्षको बीचमा कूल चार लाख १२ हजार नौ सय ३५ जना बच्चा जन्मिएका थिए।तीमध्ये दुई लाख १८ हजार ७४ जना छोरा र एक लाख ९४ हजार आठ सय ६१ छोरी जन्मिएका थिए।
जनगणनाअनुसार १० वर्षमा १५–४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म एक करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन्।नेपालमा १५–४९ वर्षका विवाहित महिलामध्ये १२ प्रतिशतले कुनै पनि जीवित बच्चा नजन्माएको पाइएको छ।
राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले बच्चा नजन्माएको पाइएको छ भने दुई जना जीवित बच्चा जन्माएका महिलाको सङ्ख्या सबैभन्दा बढी ३३ प्रतिशत छ।
यस्तै एक जनामात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३ दशमलव एक प्रतिशत छन् भने नौ वा सोभन्दा बढी जीवित बच्चा जन्माउने महिला शुन्य दशमलव एक प्रतिशत छ । जीवित जन्मेका बच्चाहरुमध्ये तीन दशमलव दुई प्रतिशतको मृत्यृ भएको पाइएको छ।
राष्ट्रिय जनगणनामा धेरैजसो व्यक्तिहरु ३४ दशमलव चार प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको पाइएको छ भने दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२ दशमलव तीन प्रतिशत छन्।
दशवर्ष मुनि शुन्य दशमलव तीन प्रतिशतको विवाह
राष्ट्रिय जनगणनामा १० वर्षमुनि उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु शुन्य दशमलव तीन प्रतिशत छन्। यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु सात प्रतिशत छन्। समग्रमा पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष हुन आउँछ । जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष छ।
मातृ मृत्युदर १५१ मा
यसैगरी कूल प्रजनन उमेर समूह ९१५–४९ वर्ष० का १२ हजार नौ सय ७६ महिला मृत्युमध्ये छ सय ५३ जना ९पाँच प्रतिशत० को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ। तीमध्ये छ सय २२ जना ९९५ प्रतिशत० को मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको जनगणनामा जनाइएको छ। उक्त उमेर समूहबाट कूल चार लाख १२ हजार नौ सय ३५ जना जीवित बच्चाको जन्म भएको देखिएको छ ।जसअनुसार मातृमृत्यु दर एक सय ५१ जना ९प्रति लाख जीवित जन्ममा० रहेको नतिजाले देखाएको छ।
प्रकाशित: १० चैत्र २०७९ २०:३४ शुक्रबार