२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

लागू औषध सहित भुजेल पक्राउ

प्रहरीले लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ।भक्तपुर नगरपालिका वडा नं. १० चोखामख कमलविनायकमा डेराकोठा गरी बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं.६ छालिङ घर भएका बर्ष २४ को  दिपेन्द्र भुजेललाई पक्राउ गरेको हो।  

चैत १० गते निज भुजेलले लागू औषध लुकाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्तजगातीबाटअनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई निजलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।  

निजको कोठामा चेकजाँच गर्दा फेनरागन –४४ पिस, नोफिन –४१ पिस र डाईजेपाम –४५ पिस फेला पारेको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । उनलाई प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको उनले जनाए। 

प्रकाशित: १० चैत्र २०७९ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App