१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बिपी राजमार्गको सुन्दरता कायम राख्न बृहद् सरसफाई अभियान

बिपी राजमार्गको सुन्दरतालाई कायम राख्न सुरु भएको बृहद् सरसफाई अभियानमा सहभागिहरु। तस्विर अनिल भण्डारी/ नागरिक

बिपी राजमार्गको सुन्दरतामा फोहोरले भरिन थालेपछि बृहद् सरसफाई अभियान सुरु गरिएको छ । बीपी राजमार्ग फोहोर रहित बनाउने उद्देश्यले आफुसँगको फोहोर समुचित ठाँउमा राखौ सभ्यन नागरिकको परिचय दिऔ सुन्दर विपी राजमार्ग सरसफाई  अभियानमा सहभागि बनौ भन्ने मुल नारा सहित राजमार्ग सरसफाई अभियान सुरु भएको छ।  

विपी राजमार्गको कमलामाई नगरपालिका ६ शिवनगरदेखि हिरापानी सम्म करिब चार किलोमिटर राजमार्ग सरसफाई गरिएको कमलामाई नगरपालिका प्रमुखउपेन्द्रकुमार पोखरेलले जानकारी दिए।  

पोखरेलका अनुसार बृहत सरसफाई अभियानलाई निरन्तरता दिन प्रत्येक साताको शुक्रबार सरसफाई गरी राजमार्गलाई सफा र सुन्दर बनाउने उदेश्य राखिएको छ।जिल्ला बन कार्यालय, कमलामाई नगरपालिका तथा जिल्ला प्रहरी कार्यालयको सयुक्तआयोजनामा बृहद् सरसफाई अभियान सुरु गरिएको हो।  

एउटाको घर सफा हुदा समुदायनै सफा हुने भएकाले सबैले आफ्नो घर आसपासमा सफागर्न उत्प्रेरणा जगाउन अभियान सुरु भएको मेयर पोखरेलको भनाई छ।कार्यक्रममा राजमार्ग आवत जावत गर्ने भाडा तथा निजी सवारी साधनलाई रोकेर प्लास्टिक जन्य सामग्री र अन्य फोहोर सडकमा जथाभावी नफ्याक्न आग्रह समेत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए।  

विपी राजमार्गको अत्यन्त सुन्दर भएकाले यस राजमार्गमाजथाभावीफोहोर गर्नेलाई कारवाहीको व्यवस्थागर्नुपर्ने स्थानियको माग छ। राजमार्ग फोहोर स्थानियव्यापारी तथा राजमार्गमा गुड्ने सवारीका यात्रुवाट भएको भन्दै प्रत्येक सवारीमा कडाइका साथ डस्विन राख्ने र फोहोर अनिवार्य डस्विनमै हाल्ने व्यवस्थामिलाउनु पर्ने स्थानियको बुझाई छ।  

डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेले राजमार्गको सन्दरतामा कमी आउननदिन सरसफाई सुरु भएको बताए।उनले कमलामाई नगरपालिकासँगको सहकार्यमा राजमार्गका विभिन्न स्थानमा डस्विन राख्ने तयारी भएको बताए।  

विपी राजमार्गमा जथाभावी पानीका बोतल तथाअन्य फोहोरले सुन्दरतामा ह्रास आउनथालेपछि राजमार्गलाई सधै सफा राख्न अभियाननै चलाईएको हो । विपी राजमार्ग सरसफाई अभियानमा राजमार्गमा भएको फोहोर टिप्न स्थानिय देखि सरोकारवाला अधिकांश शुक्रबार विहान विपी राजमार्गमापुगेका थिए । शुक्रबार बिपी राजमार्गस्थित कमलामाई नगरपालिका ४को हिरापानी ढुङग्रेबास, रातमाटा शान्तिनगरचोक हुदै शिवनगरसम्म सफाई गरिएको थियो । दुई टोलीभएर करिब चार किलोमिटर राजमार्ग सरसफाई गरिएको कमलामाई नगरपालिकाबातावरण शाखाप्रमुख सागरकुमार ढकालले जानकारी दिए।  

प्रकाशित: १० चैत्र २०७९ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App