१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रमजानको अवसरमा साढे चार सय विपन्न परिवारलाई खाद्यान्न

ईस्लाम धर्मावलम्बीहरुको महान चाड ईदको रमजानमा साढे चार सय जना विपन्न मुस्लिम सुमदायलाई लाई खाद्यान्न बाडिएको छ। एक महिने रमजानको सुरु शुक्रवार देखिएको भएको छ। ईदको एक महिने ब्रत (रमजान) को अवसर पारेर कपिलवस्तु र रुपन्देहीका ४४५ मुस्लिम परिवारलाई खाद्यान्न बितरण गरिएको हो।

एक महिने रोजालाई पुग्ने गरी उनीहरुलाई खाद्यान्न बाडिएको हो। कतार च्यारिटीको सहयोगमा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) ले कपिलवस्तु नगरपालिकाको पचेहरा र मायादेवी गाउँपालिकाको पकडी र अभिरावका २ सय ९५ मुस्लिम परिवारलाई खाद्यान्न सहयोग गरेको हो। त्यसै गरि रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाका १ सय ५० मुस्लिम परिवारलाई खाद्यान्न सहयोग गरिएको हो।

पवित्र महिना रमजान महिनामा यसरी एक महिनाकालागि पुग्ने गरी खाद्यान्न पाएकोमा खुशी भएका छन। प्रति परिवार ४/४ हजार दर पर्ने खाद्यान्न बाडिएका हो। २५ किलो जिरा मंसुरी चामल, ५ किलो तेल, ३ किलो चना, २ किलो चिनी, १ किलो सेवई र १ किलो नुन सहितका खाद्यान्नहरु बाडिएका हुन। दुई जिल्लामा भएको खाधान्न वितरणको कार्यमा लिडो नेपालका अध्यक्ष अतहर कमाल, कतार च्यारीटीका प्रतिनिधी सहित स्थानिय तहका प्रमुख र अन्य जनप्रतिनिधीको सहभागीता रहेको थियो।

मायादेवी गाउँपालिका कपिलवस्तुका अध्यक्ष वलिउद्दिन मुसलमानले बिपन्न परिवारलाई ईदको रमजानमा बसिने रोजामा खाधान्न बितरणको कार्यले ति परिवारलाई राहत पुगेको बताए। ‘न्युन आय भएका मुस्लिम परिवारलाई खाद्यान्न सहयोग रमजानका लागी उपहार जस्तै भएको छ ’ उनले भने। लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमानले रमजानका बेला न्युन आय भएका मुस्लिम परिवारलाई राहत बितरण गरेर कतार च्यारिटी र लिडो नेपालले उदाहरणीय कार्य गरेको बताए।

उनले दुवै संस्थाले अन्य स्थानमा पनि सहयोगका कार्यक्रम ल्याउन आग्रह गरे। विपन्न परिवारले समेत रमजान खुशी साथ मनाउन पाउन भन्ने ध्येयले यस्तो कार्यक्रम गरिएकोे लिडो नेपालका अध्यक्ष अतहर कमालले बताए। न्युन आय भएका परिवारमा पनि पवित्र रमजान महिनामा रोजामा सरिक हुदाँ खाद्यान्नको उपलब्धताले सहज अवस्था निर्माणमा सहयोग पुर्याएको उनले बताए।  

प्रकाशित: १० चैत्र २०७९ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App