coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘बोल्नेको मुख किन थुनियो ?’

‘विरोधमा उत्रिनेको मुख किन थुनेको?’ भन्दै राष्ट्रियसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ।  

राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले बुधबार बसेको बैठकमा प्रहरीले बोल्नेको मुख थुनेको विषय सामाजिक सञ्जालमा भाइरल भएको भन्दै सरकारले त्यसबारे जवाफ दिनुपर्नेमाग गरेकी हुन्।

मंगलबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको दृश्यले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो चुनौती दिएको उनले बताइन्। ‘हिजोदेखि सञ्चारजगत् र सामाजिक सञ्जालमा केही युवाले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याँकिरहेको, लछारपछार पारिरहेका तस्बिरहरू जताततै देख्न पाइएको छ। यो किन भएको हो? ती युवाले के बोल्न खोजिरहेका थिए? प्रहरीले ज्यादती गरेको हो?’ पौड्यालको प्रश्न थियो। उनका अनुसार संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्न पाउने र बोल्न पाउने अधिकार दिएको छ। ‘बोल्ने अधिकार छ भने प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन?’ उनले अर्को प्रश्न पनि गरिन्, ‘गृह मन्त्रालयले त्यसो गर्ने प्रहरीलाई कारबाही गरेको छ कि छैन?’

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले राजधानीको तीनकुनेबाट केही युवालाई पक्राउ गरेको थियो। त्यसक्रममा नाराबाजी गर्ने युवाको मुख प्रहरीले थुनेका थिए ।

प्रकाशित: ९ चैत्र २०७९ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App