२४ जेष्ठ २०८० बुधबार
समाज

दैलेखमा ग्यास बोकेको ट्रक दुर्घटनाः तीन जनाको घटनास्थलमै मृत्यु

दैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका ४ तालपोखरी बजार नजिक बुधबार विहान नेपालगञ्जबाट दैलेखका लागि ग्यास लिएर जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक दुर्घटनामा परी चालकसहित तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किसोर लम्सालले जानकारी दिए। लम्सालका अनुसार सहचालक प्रकाश कुमाई घाइते भएका छन्। ट्रक सडकबाट झण्डै १५० मिटर तल खसेको छ।

प्रकाशित: ८ चैत्र २०७९ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App