coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तरकारी जफत गरेको बिरुद्धमा कलैया उपमहानगरपालिका घेराउ

फोटोः कलैया उपमहानगरपालिका घेराउ गर्न पुगेका किसानहरु।

खेतमा उत्पादन गरेर कलैया बजारमा बेच्न ल्याइएको हरियो तरकारी जफत गरिएको बिरुद्धमा  मंगलबार कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गरिएको छ।

जफत गरिएको तरकारीको क्षतिपूर्ति दिनु पर्ने, कलैया बजारमा तरकारी बेच्नका लागि किसानलाई सेड उपलब्ध गराउनु पर्ने माँग राखेर किसानहरुले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

चैत ३ गते किसानहरुले कलैया बजारमा बेच्न ल्याएको तरकारीलाई नगर प्रहरीले जफत गरेर कलैया उपमहानगरपालिकामा राखेको किसानहरुले गुनासो गरेका छन्।

नगर प्रहरीले किसानको तरकारी जफत गर्दा खेतको उत्पादन बजारमा पनि बिक्री गर्न नसकिने अवस्था आएको पीडित किसान रामप्रसादले गुनासो गरे।

किसानहरुले उत्पादन गरेको तरकारीलाई सिधै उपभोक्ताहरुसँग सेडमा राख्न बिक्री गर्न दिनको लागि निर्माण गरिएको सेडलाई बिचौलीया व्यापारीहरुले कब्जा गरेको र सेड भन्दा बाहिर राखेर बेच्दा नगरप्रहरीले बेच्न नदिने गरेको कारणले लाखौ रुपैयाको तरकारीहरु कुहिने अवस्थामा पुगेको उनले बताए।

कलैया उपमहानगरपालिका प्रमुख बिनोद साहले कलैया उपमहानगरापालिका घेराउ गर्न आएका किसानहरुको समस्या समाधान गरिएको दाबी गरेका छन्।

प्रमुख साहले किसानहरुको लागि कलैया बजारमा निर्माण गरिएको सेडबाट नै तरकारी बिक्री बितरण गर्न किसानसँग सहमति भएको उनले बताए।

व्यापारीहरुले कब्जा गरेको किसानहरुको सेड पुनः खाली गराएर किसानहरुलाई नै दिने र पाएको सेडमा किसानहरुले १२ महिना नै तरकारी बिक्री बितरण गर्नु पर्ने सहमति भएको साहले बताए।

किसानहरुले तरकारी बिक्री बितरण गर्नको लागि नगरपालिकाबाट पाएको सेडमा दुई महिना तरकारी बिक्री गर्ने १० महिना खाली छोड्ने कार्यले गर्दा त्यसलाई अन्य व्यापारीहरुले कब्जा गर्ने गरेका उनले बताए।

कलैया बजारसँग नजिक रहेको  खप्परताता, विश्वम्भरपुर, शीतलपुर, बरेवा, ब्रह्म्पुरी, कोइरियाटोला, बिजुलपुर, रामपुर लगाएतका गाउँका किसानहरुले खेतमा उत्पादन गर्ने हरियो साग, सब्जी र तरकारीलाई सिधै उपभोक्तहरुलाई बेच्न पाउन पर्दछ भन्दै कलैया बजारमा सेड निर्माण गरिको छ।

निर्माण गरिको सेडलाई बिचौलीया व्यापारीहरुले कब्जा गरे पछि किसानहरु सेड बाहिर नै उत्पादन गरेका तरकारीहरुलाई बेच्न बाध्य हुदै आएको थिए।

कलैया बजारमा किसानले बेच्न ल्याएका तरकारी उपमहानगरपालिकाको नगर प्रहरीले जफत गर्ने गरेको छ। जफत गरिएका तरकारी सडेर बिग्रिने गरेको छ। सेड नपाएर आफूहरुले कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी र तरकारी नगर प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरमा राख्दा कुहिएकाले उचित क्षतिपूर्ति दिनु पर्ने कलैया उपमहानगरपालिका–८ का किसान रोहित चौरसियाले बताए।

प्रकाशित: ७ चैत्र २०७९ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App