६ वैशाख २०८१ बिहीबार
समाज

हिन्दुहरुको महायज्ञमा मुस्लिम समुदायले गरे दान

कपिलवस्तुको तौलिहवाको सगरटोलमा सुरु हुन लागको महायज्ञमा मुस्लिम समुदायले समेत दान गरेका छन्।

कपिलवस्तु नगरपालिका वडा नं. २ सागरटोल स्थित चन्द्रघन्टा दुर्गा मन्दिरको आयोजनामा चैत्र ८ गते देखि १६ गते सम्म श्रीमद् देवीभागवत नवाह महायज्ञको आयोजना हुदैछ।

चन्द्रघन्टा दुर्गा मन्दिर समितिले आयोजना गरेको पत्रकार सम्मेलमा महायज्ञ आयोजना मुल समितिका संयोजक माधव प्रसाद शर्माले सो कुरा बताएका हुन्। उनले हिन्दु र मुस्लिम दुबै समुदायले महायज्ञकालागि दान गरेको बताए। उनले महायज्ञका लागि मुस्लिम समुदायले समेत स्वेच्छाले दान गरकोमा आफुहरु निकै उत्साही भएको बताए।

उनले हायज्ञका लागि आवश्यक सवै तयारी पुरा गरिएको बताए ९ दिन सम्म आयोजना गरिने महायज्ञमा आचार्य विष्णु ज्ञवालीको मुखारविन्दबाट बाचन गरिने छ। कार्यक्रम सम्पन्न गर्नका लागि करीब १५ लाख रुपैया आवश्यक पर्ने अनुमान गरिएको र हाल सम्म १२ लाख रुपैया संकलन भई सकेको महायज्ञ मुल समितिका अर्थ संयोजक माधव प्रसाद घिमिरेले बताए।

चैत्र ८ गते विहान ८ बजे १ सय ८ कलश सहित यात्रा गरी दिउसो ११ बजे महायज्ञको उद्घाटन गरिने छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको चन्द्रघन्टा दुर्गा मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष सुषमा शर्माले बताइन्।

कार्यक्रमको बारेमा आयोजक समितिका तर्फबाट समाजसेवी सुरेन्द्र राज लम्सालले उपस्थित पत्रकारहरुलाई महायज्ञ आयोजनाको विस्तृत विवरण बारे जानकारी गराएका थिए। पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष रमेश मिश्रा, समाजसेवीहरु दयानिधी लम्साल, टंक प्रसाद शर्मा, बाबुराम भण्डारी लगायतको उपस्थिति रहेको थियो। २० बर्ष अघि सागर टोलमा चन्द्रघन्टा मन्दिर स्थापना गरिएको थियो। मन्दिर स्थापना भए पछि कम्तीमा एक पटक महायज्ञ लगाउनु पर्ने चलन छ।  

प्रकाशित: ७ चैत्र २०७९ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App