coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अपांगता दिवसमा दृष्टिविहीनको र्याली

काठमाडौं– २५ औ अन्तर्राष्ट्रिय अपांगता दिवसमा दृष्टिविहिनहरुले राजधानीमा बृहत जनचेतना र्याली निकालेर मनाइएको छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ । यस वर्ष ‘हासिल गरौं दीगो विकासका १७ लक्ष्य सुनिश्चित गरौं’ मूल नारासहित अपांगले दिवस मनाएका छन् ।

सन् २०११ मा विश्व बैंक र विश्व स्वास्थ्य संगठनद्वारा प्रकािशत अपांगतासम्बन्धी प्रतिवेदन अनुसार विश्वको कुल जनसंख्याको १५ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको अपांगता छ । अपांगता भएकामध्ये ८० प्रतिशत गरिब तथा अल्पविकसित देशका बासिन्दा भएको र ती ८० प्रतिशतमध्ये पनि २० प्रतिशतभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको राष्ट्रसंघको  प्रतिवेदनमा उल्लेख छ ।

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १.९४ प्रतिशत अपांगता भएका व्यक्ति छन् । दिवसका अवसरमा नेपाल अपांग महासंघले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, खेलकुद, मनोरञ्जन तथा सामाजिक समावेशीकरणका माध्यमबाट अपांगता भएका व्यक्तिको सशक्तीकरण गर्दै परिवार र समुदायमा नै पुनःस्थापना गर्न तथा आधारभूत मानवअधिकार उपभोग गर्न पाउनुपर्ने माग राखेको छ ।

¥यालीमा राजधानीमा दृष्टिविहीन सहजापूर्वक हिँड्न फुटपाथमा लगाइएको अपांगमैत्री फुटपाथ टायल्सबारे अधिकांश दृष्टिविहीनलाई जानकारी नभएकाले करिब २ सय दृष्टिविहीनलाई फुटपाथमा हिँडाएर जानकारी गराइएको थियो ।
 

प्रकाशित: १८ मंसिर २०७३ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App