१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सुर्खेत उडेको बुद्ध एयरमा समस्या, बिच आकाशबाटै फर्काइयो

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बिचबाटोबाटै फर्किएको छ।

बिहान साढे सात बजे उडेकाे बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि  सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ। जहाजमा ६२ जना यात्रु सवार थियो।

फकाईएको जहाजलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्याण्ड गरिएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको र उक्त जहाजका यात्रुलाई अर्को जहाजका पठाउने तयारी गरेको बुद्ध एयरले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७९ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App