coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

देशका पहाडी भू–भागमा बिहानैदेखि वर्षा

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहानैदेखि पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। भने देशभरको मौसम आ‌शिक देखि सामान्य बदली भएको छ।

 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ÷हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।  

 

प्रकाशित: ४ चैत्र २०७९ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App