७ वैशाख २०८१ शुक्रबार
समाज

हरिहरपुरगढी–सिन्धुलीगढी एकिकरण पदमार्गमा सेनाको छ दिन पदयात्रा

सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाको हरिहरपुरगढी किल्लाबाट छदिन सम्मएकिकरण पदमार्गमा पदयात्रा गरेर सिन्धुली गढी आइपुगेका नेपाली सेनाको टोलि। तस्विर अनिल भण्डारी/ नागरिक

नेपाली सेनाले हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा गरेको छ। यहाँको बर्दबहादुर गणले आयोजना गरेको सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकाको हरिहरपुरगढीबाट कमलामाई नगरपालिकाको सिन्धुलीगढीसम्मको पदयात्रा एक औपचारिक कार्यक्रम बिच सिन्धुलीगढीमा समापन गरिएको हो।

नेपाली सेनाका ३५ जनाको समूहले छ दिनसम्म लगाएर पदयात्रा गरेका थिए। पाँच दिनमा ७२ किलोमिटर पदयात्रा गरिएको पदयात्रामा सहभागी भएका सैनिकले जनाएका छन्। पदयात्रा सकेर सिन्धुलीगढी आइपुगेका नेपाली सेनाका अधिकृत तथा जवानहरुलाई सम्मान गर्दै कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोखरेलले ऐतिहासिक हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढीसम्म पदयात्रा गरेर पर्यटकिय क्षेत्रलाई चिनाउनथप मद्धत नेपाली सेनाले गरेको बताए।

उनले नेपाली सेनाले ६ दिने कठिन यात्रा गरेको भन्दै सम्मान गरे। नेपाली सेनाले जिल्लामाविपद् पर्दादेखि अन्य अप्ठ्यारो समयमा सहयोग गर्ने गरेको भन्दै उनले पदयात्राले जिल्लाको पर्यटकिय क्षेत्रलाई चिनाउन र संरक्षण गर्न सहयोग पुग्ने बताए। पदयात्राले पुर्खाहरुको इतिहासलाई जगेर्ना गर्न सहयोग पुगेको नगरप्रमुख पोखरेलको भनाई छ। ऐतिहासिक क्षेत्रको संरक्षण हुनुका साथै पदयात्राले पर्यटकलाई बढाउने मलाई विश्वास छ उनले भने।

नेपाली सेनाको सहकार्यमा सिन्धुलीगढीलाई ऐतिहासिक पर्यटकिय क्षेत्रको रुपमा तिब्र विकास भइरहेको र थपविकास गर्न स्थानिय सरकार तयार रहेको नगरप्रमुखपोखरेको भनाइ छ। फागुन २८ गतेसिन्धुलीको हरिहरपुरगढीबाट पदयात्रा सुरु गरेको टोलीले ६ दिनमा ७२ किलोमिटर दुरी पार गरि सिन्धुलीगढी आइपुगेको बर्दबहादुर गणका गणपति रमेश थापाले जानकारी दिए।

उनले नेपाली सेनाको नीति तथा कार्यक्रममा समावेश भएको ऐतिहासिक एकिकरण पदमार्ग कार्यक्रम अन्र्तगतको हरिहरपुरगढी देखि सिन्धुलीगढीसम्मको पदयात्रा कार्यक्रम विगतको वर्षमा पनि भएको जानकारी दिए। हरिहरपुरगढी सिन्धुलीगढी यस जिल्लाको पहिचानहुनुका साथै सामरिक दृष्टिकोणले समेत इतिहास बोकेको भन्दै उनले अग्रेज फौजको आक्रमण विरुद्ध लडाई लडी विरपुर्खाहरुले विरता प्रर्दशन गरि विजयी हासिल गरेको गणपति थापाले स्मरण गराए।

वर्तमानमा आएर इतिहासका पाना बनेका गढीको संरक्षण गर्नु सबैको कर्तव्य भएको उनको भनाइ छ। पदयात्रा कार्यक्रममा गढीको संरक्षण र संवरद्धनमा टेवा पुगेको बताए। यस्तै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कठिन पदयात्रा गरि नेपाली सेनाले पदमार्गको संरक्षण गरेको बताइन्।

उनले ऐतिहासिक दरबार तथाकिल्लाहरुको संरक्षण सबैले गर्नुपर्ने बताइन्। सिन्धुलीगढी  देशको अस्मिता जोगाउन सिन्धुलीगढी  हरिहरपुरगढीको महत्वपुर्ण भूमिका रहेकाले दुई गढी जोड्ने पदयात्राले थप टेवापुगेको सिन्धुलीगढीका खोज अनुसन्धानकर्ता सागर कुमार ढकालले बताए।

प्रकाशित: ३ चैत्र २०७९ १३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App