हुकीङ गरी – (अंकुसे लगाई ) विद्युत चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। विद्युत चुहावट बढे पछि नियन्त्रणका लागि चुहावट अभियानमा हिडेका टोलीले यशोधरा गाउपालिका वडा नम्बर ३ र ८ मा उनीहरुलाई रंगेहात पक्राउ गरी प्रहरीलाई बुझाइएको हो।
वडा नम्बर ३ को लोहरौलीबाट ७ जना र वडा नम्बर ८ को एक जनालाई नियन्त्रणमा लिइएको हो। विद्युत चुहावट बढे पछि नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले चुहटावट नियन्त्रणका लागि अभियान संचालन गरेको जनाएको छ।
चुहावट नियन्त्रणका लागि विद्युत कर्मचारी, नेपाल र सशस्त्र प्रहरी सहीत २५ जना बढीको चुहावट नियन्त्रण टोली परिचालन गरिएको छ। तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले हुकीङ गरी गैर कानुनीरुपमा बिद्यतु चार्ने यशोधरा गाउपालिका वडा नम्बर ३ का रमानन्द बनिया, राजेन्द्र यादव, रमानन्द यादव, सत्यनारायण यादव, बेचन यादव,बुधीराम पासी वडा नम्बर ८ बासखोरका पंकज चौधरी पक्राउ परेको बताए।
उनीहरुले हुकीङ गरी खेतमा सिचाई गरीरहेको र घरमा विद्युत बालेको आरोपमा पक्राउ गरिएको प्रमुख झाले बताए। उनीहरुकोसाथ बाट विद्युत मोटर ताल लगातयका विद्युतीय सामाग्री समेत बरामद गरिएको छ। विद्युत चुहावट बढे यस पटक आक्रमक रुपमा चुहावट अभियान चलाइने प्रमुख झाले बताए।
गत वर्ष तौलिहवा वितरण केन्द्रमा २९ प्रतिशत बढी विद्युत चुहावट थियो। चुहावट घटाउन अब विद्युत चुहावट नियन्त्रण अभियान र बक्यौता रकम असुलीका लागि ठोस कदम चालिने प्रमुख झाले बताए। बक्यौता नतिरेर ६० दिन नाघेका र १० हजार बढी बक्यौता रहेका ग्राहकको समते लाईन काटिने प्रमुख झाले बताए।
पक्राउ परेको ७ जना उपर विद्युत चुहावट नियन्त्रण बिनियमावली २०५९ अनुसार आवश्यक कारबाही र क्षतिपुर्ति तिराईने उनले बताए। तौलिहवा वितरण केन्द्रमा ७० हजार बढी ग्राहक छन्। मायादेबी, यशोधरा र सुद्धोदन गाउपालिकाका विभिन्न गाउहरुमा चु्हावट बढी हुने गरेका छन्।
पर्साहिया, भैसहीया, जमुनी हरीबंशापुर, बरबलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाउहरुमा संगठीतरुमा नै विद्युत चोरी गनै गरिएका छन । हुकिङ र मिटर बाईपास गरी विद्युत चोरी गर्ने गरिएको छ।
प्रकाशित: ३ चैत्र २०७९ १०:०२ शुक्रबार