१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

सिता एयरको कार्यालय नेपालगन्जमा तालाबन्दी

नेपालगन्ज बिमानस्थल कार्यालय। तस्बिरः नागरिक

सम्झौता अनुसारको उडान नगरेको भन्दै ट्राभल ब्यवसायीले नेपालगन्ज बिमानस्थल परिसरमा रहेको सिता एयरको कार्यालयमा तालाबन्दी गरेका छन्। नेपालगन्ज बिमानस्थलबाट साविक मध्य र सुदुरपश्चिम क्षेत्रका पहाडी जिल्लामा ‘चार्टर’ तथा ‘कार्गो’ उडान गर्नका लागि सिता एयर र ‘गो कर्णाली टर्स एण्ड ट्राभल्स’ बीच सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार एयरलाइन्सले सेवा नदिएको भन्दै ट्राभल ब्यवसायीसँग असमझदारी बढ्दै गएको थियो।  

प्रहरीका अनुसार बिमानस्थल परिसरमा रहेको सिता एयरको कार्यालयमा बुधबार बिहान पौने १० बजेतिर ‘गो कर्णाली टर्स एण्ड टभल्स’ का सञ्चालक ललितजंग महतका छोरा सुविन महतले ताला लगाएका हुन । नेपालगन्ज विमानस्थल कार्यालयका प्रहरी इन्चार्ज(सई) रबिन्द्र बमले सम्झौता अनुसार उडान गरेको भन्दै ट्राभल ब्यवसायीले ताला लगाएको पुष्टी गरे। तालाबन्दी भएपछि दुई पक्षलाई बोलाएर छलफल गराउने प्रयास भइरहेको उनले बताए। कार्यालयमा तालाबन्दी भएपछि सिता एयरले नेपालगन्जबाट प्रदान गर्ने सेवा ठप्प भएको छ।  

नेपाल नागरिक उडड्यन प्राधिकरण नेपालगन्ज बिमानस्थल कार्यालयका प्रमुख सुरेश खनालले सिता एयरको कार्यालयमा ताला लगाएको विषयमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए। ‘तालाबन्दी गरेको विषयमा मलाई जानकारी छैन, म बुझ्दैछु,’ उनले भने।  

सिता एयरले आफ्नो ‘डोनियर’ जहाजमार्फत साविक मध्यपश्चिम र सुदुरपश्चिमका विभिन्न पहाडी जिल्लामा चार्टर तथा कार्गो उडान गर्दै आएको छ। पहाडी जिल्लाका यात्रुबाट चार्टर उडानका नाममा ब्यवसायीले चर्को भाडा असुल्ने गरेको आरोप समेत लाग्दै आएको छ। टिकट बिक्रीमा समेत दलाली हुने गरेको यात्रुको आरोप छ। 

प्रकाशित: १ चैत्र २०७९ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App