coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ध्वनी प्रदुषण नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता

ध्वनी प्रदुषण नियन्त्रणमा विराटनगर महानगरपालिकालाई सघाउने धर्म गुरुहरू तथा धार्मिक क्षेत्रका अगुवाहरूले प्रतिवद्धता जनाएका छन्।

मंगलबार विराटनगर महानगरपालिकाले आयोजना गरेको ध्वनी प्रदुषण नियन्त्रण सम्बन्धि छलफलमा धर्म गुरुहरू तथा धार्मिक क्षेत्रका अगुवाहरूले ध्वनी प्रदुषण नियन्त्रणमा महानगरपालिकाले सञ्चालन गर्ने अभियानलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।

छलफलमा सहभागिहरूले डिजेका कारण मुटुका रोगी, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई बढी असर परेकाले ध्विनी प्रदुषण नियन्त्रणका लागि महानगरपालिकाले सञ्चालन गर्ने अभियानलाई सहयोग गर्ने बताए। छोयलिङ बौद्ध गुम्बा रानी विराटगरका कोषाध्यक्ष अनुपकुमार स्याङ्बोले ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरपालिकाले सञ्चालन गर्ने अभियानालई सहयोग गर्ने बताए।

उनले सडक नै ढाकेर विवाह र धार्मिक कार्यक्रमका लागि टेन्ट टाँग्ने डिजे बजाउने गरिएको भन्दै यस्ता क्रियाकलाप नियन्त्रण हुनुपर्ने धारणा राखे। उनले विवाह, उत्साव तथा धार्मीक कार्यक्रम गर्दा अरुलाई असर नपर्ने गरी आयोजना गर्नुपर्ने बताए।

उनले भने, ‘ध्वनी प्रदुष्ण  नियन्त्रण हुनुपर्छ। यसमा हाम्रोतर्फबाट साथ रहन्छ।’ इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्लले धार्मिक कार्यक्रम गर्दा अरुलाई असर नपर्ने गरी गर्नुपर्ने बताए। उनले इसाई समाजले बाहिर कसैले थाहै नपाउने गरी हलभित्र धार्मिक कार्यक्रम गर्दै आएको र कहिलै पनि ध्वनी प्रदुषण हुनेगरी धार्मिक कार्यक्रम नगर्ने प्रतिबद्धता जनाए।  मल्लले भने, ‘हाम्रोतर्फबाट कहिल्यै पनि ध्वनि प्रदूषण हुनेगरी धार्मिक कार्यक्रम गर्दैनौं।’  

मुस्लिम समुदायको तर्फबाट जमियत उलामा ए–नेपालका अध्यक्ष अब्दुल सुब्हानले ध्वनि प्रदूषण नियन्त्रणका लागि आफ्नो समुदायले महानगरलाई साथ दिने प्रतिबद्धता जनाए। ओसो ध्यान केन्द्रका संयोजक दिलीपकुमार मण्डलले डिजेमा प्रतिबन्ध लगाउन सुझाव दिए। अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले विराटनगरलाई सुव्यवस्थित, संस्कारयुक्त र अनुशासित सहर बनाउने अभियानअन्तर्गत ध्वनि प्रदूषण कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताए। उनले मुटुरोगीलाई ध्वनि प्रदूषणले सबैभन्दा बढी समस्यामा पारेको जनाए।

मेयर कोइरालाले एउटै छलफलबाट निष्कर्षमा पुग्नुभन्दा फेरि अर्को छलफल गरेर सबैको राय लिएर निष्कर्षमा पुग्ने  र ध्वनी प्रदुषण नियन्त्रणको अभियान अघि बढाउने  महानगरपालिकाको योजना रहेको बताए।    

प्रकाशित: ३० फाल्गुन २०७९ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App