२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

जातीय विभेद गर्ने पालिका अध्यक्षमाथि कारबाही माग

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले सामाजिक छुवाछूत तथा भेदभाव (कसुरर सजाय) ऐन २०६८ अनुसार सजायमा ५० प्रतिशत थप सजाय हुने गरी कारबाही गर्न सप्तरीका दलित अधिकारकर्मीले माग गरेका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विभिन्नराजनीतिक दलका दलित भ्रातृ संगठनर सप्तरीमा दलित हक–अधिकारका लागि क्रियाशील संघसंस्थाले सामूहिक रूपमा ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले बताए।

सहज तरिकाले दोषीउपर कारबाही नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेर आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारीराज्यले लिनुपर्ने मागपत्रमा उल्लेख छ। भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवकी आमाको यही फागुन १० गते निधन भएको थियो। अध्यक्ष यादवले फागुन २२ गते आफ्नी आमाको तेह्रौं दिनको पुण्यतिथिका अवसरमा किरिया भोज आयोजना गरेका थिए; जसमा दलितर गैरदलितका लागि अलगअलग ठाउँ तोकेर (कागजमा लिखित रूपमै टाँसेर) लाइन बस्न लगाइएको थियो; जसबाट दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभाव भएको प्रस्टै देखिएको उल्लेख गर्दै पत्रमा भनिएको छ– विडम्बना, गाउँपालिकाको अध्यक्षजस्तो गरिमामय पदमा आसीन निज यादवद्वारा भएको यस्तो अमानवीय घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

नेकपा एमाले, सिरहाका जिल्ला सचिवसमेतरहेका उग्रनारायणले आयोजना गरेका उक्त भोजमा सिरहाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुखदेखि पूर्वकानुनमन्त्री, मधेस प्रदेशका बहालवाला मन्त्री, जिल्लाका पालिका प्रमुखहरूसमेत सहभागी थिए। ज्ञापनपत्रमा भनिएको छ– कानुन कार्यान्वयन गर्ने जिम्मेवार व्यक्ति नै उपस्थित भएका भोजमा दलितर मुस्लिम समुदायमाथि तोकेरै गरिएको जातीय विभेद कानुनीरूपमा त दण्डनीय हो नै; सामाजिकरूपले पनि सिंगो दलितर मुस्लिम समुदायको आत्मसम्मानमा प्रहार भएको हामीले महसुस गरेका छौं।

प्रकाशित: ३० फाल्गुन २०७९ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App