सर्लाही प्रहरीले सोमबार एक हजार दरको एकाउन्न थान नक्कली नेपाली नोट र नोटको साइजको सादा कागज १२ बन्डल बरामद गरेको छ।
हरिवन नगरपालिका १० स्थित पुष्पान्जलि होटेलको उत्तर पूर्व र पूर्व पश्चिम लोककमार्गको दक्षिणतर्फ रातो रंगको झोलाबाट बेवारिसे अवस्थामा प्रहरीले नक्कली नोट र नोट बनाउने कागज बरामद गरेको हो।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यसअघि पनि सर्लाही प्रहरीले नक्कली नोट र नोट बनाउने कागज बरामद गरिसकेको छ।
प्रकाशित: २९ फाल्गुन २०७९ १३:५५ सोमबार