coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरखामा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

दुर्घटनाग्रस्त ट्रक। तस्बिर : नागरिक

गोरखा सदरमुकाममा सोमबार भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ।  

गोरखा नगरपालिका ६ बिसौनी मोडबाट करिब २० मिटर तल खस्दा दुर्घटनामा सवारी धनी तथा चालक गोरखाको आरुघाट गाउँपालिकाका उमेश श्रेष्ठ र राष्ट्रिय वाणिज्य वैँक गजुरी शाखामा कार्यरत विष्णु खड्काको मृत्यू भएको प्रहरी र मृतकका आफन्तले पुष्टि गरेका छन्।

श्रेष्ठको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यू भएको थियो। खड्काको थप उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यू भएको डिएसपी लीलाराज लामिछानेले बताए।

बैंकमा कार्यरत खड्का काम विशेषले गोरखा आएका थिए। मोटरसाइकलमा सवार रहेका उनलाई ट्रक ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रदेश नं ३ ०१–००३–६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट खस्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ। सो मोटरसाइकलको पछाडि बस्ने बर्दिया घर भएका मंगल चौधरी पनि गम्भीर घाइते छन्। ठेगाना नखुलेका वुद्धि नेपाली पनि सिकिस्त छन्। उनीहरु दुवै जना थप उपचारका लागि भरतपुर अस्पतालमा रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरुमा सहिदलखन गाउँपालिका ७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेपेटारकी सावित्री बिक, सहिद लखनकै नारायण भुजेल रहेका छन्। उनीहरुको गोरखा अस्पतालमा नै उपचार भइरहेको छ।

प्रकाशित: २९ फाल्गुन २०७९ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App