coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छ वर्षपछि आफ्नै भवनमा तीनपाटन गाँउपालिका

सिन्धुलीको तीनपाटन गाँउपालिकाको नवनिर्मित भवन। तस्बिर: अनिल भण्डारी/नागरिक

गाँउपालिका स्थापना भएको छ वर्षपछि यहाँको एक गाँउपालकाले सुविधा सम्पन्न भवन बनाएको छ। एकिकृत सेवा दिन सक्ने गरि सिन्धुलीको तीनपाटन गाँउपालिकाको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको हो। मुलुककै दोस्रो ठुलो गाँउपालिको रुपमा रहेको तीनपाटन गाँउपालिकाले आफ्नै भवन निर्माण गरि एक भव्य कार्यक्रमका बिच उद्घाट गरि कार्य सुचारु गरेको छ।

पाँच करोड ५३ लाख ५९ हजार चार ४७ रुपैया ९४ पैसा लागतमा भवन निर्माण भएको हो। मुलुक संघियतामा गएसँगै तीनपाटन गाँउपालिका लामो समयदेखि विभिन्न स्थानमा रहेका भाडाको घरमा साघुरो गरि कार्य सञ्चालन गर्दै आएको र हाल सुविधा सम्पन्न भवन निर्माण भएको गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिए।

अध्यक्ष मगरका अनुसार साढे तीन तलाको प्रशासकिय भवन कर्मचारी आवास सहितको भवन निर्माण भएको हो। गत असारमा सम्पन्न गर्ने गरि निर्माणको जेएसडिप निर्माण सेवाले लिएको थियो। समयमै निर्माण सम्पन्न नभएपछि म्याद थप गरेर भवन निर्माण गरि सञ्चालनमा आएको हो।

तीनपाटन गाँउपालिका सिन्धुली जिल्लाको पुर्वी भेगमा अवस्थित एक गाँउपालिका ४२ हजार २ सय ३८ जनसंख्या रहेको र सेवाग्राहीलाई सहज सेवा दिने उदेश्यले सुविधा सम्पन्न भवन बनाइएको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र गिरीले जानकारी दिए।

पालिकाको भवन निर्माण सँगै जनतालाई सहज रुपमा सेवा दिनुपर्ने सिन्धुली क्षेत्र नंम्बर १ का संघिय सांसद श्याम घिमिरेले बताए। उनले पालिकाले सुन्दर भवन बनाउन सफल भएको भन्दै प्रशंसा गरे। दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुलीमा गोलञ्जोर गाँउपालिका बाहेक सबै स्थानीय तहको आफ्नै भवनमा कार्यलय सञ्चालन हुदै आएको छ। गाँउगाँउमा सुविधा सम्पन्न भवन बनेसँगै गाँउमै चुस्त दुरुस्त सेवा पाउनुपर्ने स्थानियको बुझाई छ।  

तीनपाटन गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले गाँउपालिका साघुरो भवनमा हुँदा सेवाग्राहीलाई प्रभाकारी सेवा दिन समस्या भएको र आगामी दिनमा तीनपाटन गाँउपालिकाले दिने सेवा चुस्त दुरुस्त र नागरिकमैत्री हुने प्रतिवद्धता व्यक्त गरे। अब भवनको कारणले सेवा विस्तारमा समस्या हुने छैन, उनले भने, लामो समयपछि हामीले सुविधा सम्पन्न भवन बनाएका छौ।

तीनपाटन गाँउपालिका स्थापनाको छ बर्षपछि आफ्दै भवनमा गाँउपालिका कार्यलय सञ्चालन गर्न सफल भएको भन्दै जिल्लाका स्थानिय तहका जनप्रतिनिधिले समेत गाँउपालिकाको प्रशंसा गरेका छन्।  

प्रकाशित: २९ फाल्गुन २०७९ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App