८ वैशाख २०८१ शनिबार
समाज

घरेलु बाल श्रमिक बालकको उद्दार

विराटनगर ७ बाट घरेलु कामदारका रुपमा राखिएका बालकको उद्दार गरिंदै। तस्बिर : चुमन बस्नेत /नागरिक

विराटनगर महानगरपालिका–७ का अमित साहको घरमा ६ वर्षदेखि घरेलु बाल श्रमिकका रुपमा काम गर्दै आएका १३ वर्षीय बालकको उद्दार गरिएको छ। विराटनगर महानगरपालिका, नगर रक्षक, नेपाल प्रहरीलगायतको टोलीले  शुक्रबार बालकको उद्दार गरेको हो।

सुनसरी इटहरी घर भएका बालकको बाबुको मृत्यु भइसकेको र आमाले विराटनगरस्थित अमित साहको घरमा ७ वर्षको उमेरमै राखिदिएको स्थानियले बताएका छन्। घरको फोहोर बोकेर  फोहोर बोक्ने गाडिमा राख्न आउने, घरको काम गर्ने र त्यस क्रममा घरधनीले गाली गलौज गरेको देखेर स्थानियले विराटनगर महानगरपालिकामा  उजुरी गरेका थिए। बालक विराटनगर स्थित सत्यनारायण विद्यालयमा अध्ययनरत रहेको उद्दार गर्न गएको टोलिलाई उनले बताएका छन्।

महानगरपालिकामा उजुरी परेपछि नगर रक्षक, नेपाल प्रहरीसहितको टोलीले बालकको उद्धार गरेको थियो। बालकलाई घर पछाडिको गोदम जस्तो घरमा सुत्ने बस्ने व्यवस्था गरिएको उद्धारका क्रममा भेटिएको छ। बालकलाई उद्दार गरी विराटनगर स्थित सिविन हेल्प लाइनमा राखिएको राष्ट्रिय बाल अधिकार परिषद् कोसी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए। विराटनगर महानगरपालिकालाई बालश्रम मुक्त महानगर घोषणा गरिएको भए पनि लुकिछिपी बालबालिकालाई काममा लगाउनेक्रम भने रोकिएको छैन।    

प्रकाशित: २६ फाल्गुन २०७९ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App