१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चौतारो निर्माणमा जुटे दिदीबहिनी

तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादीमा रहेको मिलीजुली दिदीबहिनी समूहको सक्रियतामा व्यवस्थित चौतारो निर्माण गर्न लागिएको छ। गाउँघरतिर मेलापात, घाँस, दाउरा, गोठालो गर्दा थकाइ मार्ने र गर्मी समयमा शीतलता लिने चौतारा पछिल्लो समय नासिंदै जान थालेपछि संरक्षण गर्न जुटेका हुन्।

विकास निर्माणका क्रममा बाटो र सडक छेउमा रहेका चौतारा ढालिने हुँदा यस्ता सम्पदाको अस्तित्व संकटमा पर्दै गएकाले संरक्षणमा जुटेको समूहकी अध्यक्ष हिमा पौडेल खनालले बताइन्।

नारी दिवसको अवसर पारेर बुधबार ज्येष्ठ नागरिक देवीलाल खनालले चौतारो निर्माणको शिलान्यास गरे। पुर्ख्यौली सम्पदाका रूपमा रहेको पाटी, पौवा, कुवा र चौतारो लगायतका उचित संरक्षणको अभावमा हराउँदै जान थालेकाले यसको संरक्षण गर्न कस्सिएको पौडेलको भनाइ छ।

भावी पुस्तालाई पाटी, पौवा, कुवा र चौतारा लगायतका विषयमा चिनाउन र जानकारी गराउन पनि कठिनाइ हुने खतरा देखिएको समूहका दिदीबहिनी एकजुट भएर अघि बढेको उनले स्पष्ट पारिन्। ‘म्याग्दे गाउँपालिकाबाट दुई लाख ६५ हजार रुपैयाँ र दिदीबहिनी समूहबाट एक लाख ७७ हजार रुपैयाँ गरी कुल चार लाख ४२ हजार रुपैयाँको लागतमा निर्माण गर्न लागेको हौं’, पौडेलले भनिन्। चौतारा संरक्षण, रेखदेख तथा सरसफाइ आलोपालो गर्ने सहमति भएको छ। रासस

प्रकाशित: २५ फाल्गुन २०७९ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App