२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हात्तीको उपद्रो रोक्ने उपाय खोज्दै डिभिजन बन कार्यालय

जङगली हात्तीको आक्रमणबाट सिन्धुलीका विभिन्न बस्तिमा ठुलो क्षति हुन थालेपछि डिभिजन बन कार्यालय सिन्धुलीले हात्तीको क्षतिन्युनिकरण गर्न उपाय खोज्न थालेको छ।  

करिब दुई साता अगाडी हात्तीको आक्रमणबाट सिन्धुलीमा एक जनाको मृत्यु हुनुका साथै घरहरुमा क्षति गरेपछि डिभिजन बन कार्यालय सिन्धुलीले त्यसको न्युनिकरणका लागि कदम चाल्न थालेको हो। दुई साता अगाडी सिन्धुलीको कमलामाई नगरपालिका १३ रानीबासमा हात्तीको आक्रमणबाट स्थानिय ४० बर्षिय डण्डपानी पौडेलको मृत्यु भएको थियो।  

घरमा सुतिरहेका पौडेललाई घरमा क्षतिगरि हात्तीले करिब ५० मिटर जति घिसारेर गम्भिर घाइते बनाएको थियो। घाइते पौडेललाई उपचारका लागि जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको स्थानियले जनाएका छन। हात्तीले जनधनको क्षति गर्न थालेपछि डिभिजन बन कार्यालयले बर्दिया राष्ट्रिय निकुञ्जमा काम गरेका अनुभवी विज्ञहरु सहित ल्याएर न्युनिकरणका लागि पहल थालेको डिभिजन बन कार्यालयका प्रमुख कृष्णराज न्यौपानेले जानकारी दिए।

सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न वडासहित दुधौली नगरपालिका क्षेत्रमा हात्तीले बर्षेनी बालीनाली सहित घरमा क्षति गर्दै आएको छ। हात्तिको क्षति न्युनिकरण गर्न स्थानियले हात्तिलाई नै नियन्त्रणमा लिनुपर्ने माग गरेको भएपनि त्यो सम्भव नभएकाले बालीको बिमा गर्ने तथा अन्य बैकल्पिक उपाय अपनाउनुपर्ने अवस्था रहेको बन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख न्यौपानेले बताए ।

'गएको करिब दुई महिनाभित्र सिन्धुलीमा हात्तीले दुई दर्जनबढी घरमा क्षति पुर्याएको छ। सिन्धुलीमा ३० घरभन्दा बढी यसै बर्ष हात्तीले क्षति गरेको कमलामाई नगरपालिका प्रमुख मेयर उपेन्द्रकुमार पोखरेलद्ये जानकारी दिए।

हात्तीको र मानिसबीच द्धन्द्ध बढ्दै गएपछि स्थानीयसँगै बन कार्यालयकाकर्मचारी सहित नेपाली सेना र सशस्त्र प्रहरीले समेत कमलामाई नगरपालिकाको रानीबास क्षेत्र र दुधौलीका विभिन्न वडामा गस्ति गर्ने व्यवस्थामिलाइएको डिभिजन बन कार्यालयले जनाएको छ। हात्तीको द्धन्द्ध कसरी न्युनिकरण गर्न सकिन्छ र अन्यन्त्र क्षेत्रमा कस्ता काम भएका छन् भन्ने सन्र्दभमा विज्ञसहित स्थानिय र जनप्रतिनिधिले समेत छलफल गर्न सुरु भएको छ। हात्तीले पछिल्लो समय सिन्धुलीमा उपद्रो नै मच्चाउन थालेपछि स्थानिय दैनिक त्रसितमा छन्। विशेषगरि कमलामाई नगरपालिका १३ र १४ का स्थानियलाई दैनिक हात्तीको त्रास हुने गरेको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ। मानब र हात्तीबिच सिन्धुली जिल्लामा पछिल्लो समय द्धन्द्ध भएकाले त्यसलाई न्युनिकरण गर्न साइरन बजाउने देखि दैनिक गस्तिको समेत व्यवस्था भएको कार्यालयले जनाएको छ।  

प्रकाशित: २३ फाल्गुन २०७९ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App