१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

लागू औषध 'खैरो हिरोइन' सहित एक जना पक्राउ

म्याग्दीमा प्रतिबन्धित लागूपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

बेनी नगरपालिका–८, कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ वर्षीय अलेमुन हकलाई पक्राउ गरेको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक किरण लामाले बताए।

सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ६.५ ग्राम खैरो हिरोइन फेला परेको बताइएको छ। प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ अन्तरगत कारबाही अगाडी बढाएको छ।

म्याग्दीमा लागु औषध र लागु पदार्थको सेवनकर्ता ह्वात्तै बढेपछि छिमेकी जिल्ला हुँदै कारोबारी प्रवेश गर्ने गरेका छन्। केही दिन अगाडी समेत रुपन्देही जिल्ला सोमरीमाई गाउँपालिका वडा नं ३ सिलवारी बस्ने १९ वर्षीय मुस्ताफा खानलाई ३९३ ट्वलेट नाइट्राजेपाम सहित प्रहरीले बरामद गरेको थियो। 

डाईजापाम, फेनेरागन, नुर्फिन जस्ता लागु औषधको प्रयोगकर्तासँगै महँगो मानिएको खैरो हिरोइनको समेत प्रयोगकर्ता बेनी आसपासमा रहेको सूचनाको आधारमा प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको जनाएको छ।

‘विद्यार्थी उमेरकाहरु लागु औषधको दुर्व्यसनमा फसेका छन्,‘पछिल्लो समय भारतीय नागरिक समेत बेच्न बेनीसम्म आउने गरेका छन्’ एक प्रहरी अधिकारीले भने।

प्रहरीले अनुसन्धानमा रहेकाहरूबाट थप कनेक्सन खोज्दै छ। सदरमुकाम बेनीमा स्कुले विद्यार्थी समेत दुर्व्यसनमा फस्न थालेको दरलाग्दो समस्यालाई मध्यनजर गरी पुराना प्रयोगकर्तामार्फत नयाँलाई खोजी गर्ने क्रमलाई समेत तीव्रता दिएको छ।

सदरमुकाम बेनी बजारसँगै छिमेकी जिल्ला पर्व बेनीमा सामूहिक प्रयोग गर्ने सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको छ।

प्रकाशित: १७ फाल्गुन २०७९ १५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App