१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

कोसी लोकमार्गअन्तर्गगत मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित निमुवामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। 

मोटरसाइकल चालक सप्तरीको सप्तकोसी गाउँपालिका–१ का १९ वर्षीय निशान चौधरी र पछाडि सवार सुनसरीको रामधुनी नगरपालिका–९ का १६ वर्षीय चौधरी दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ। 

सोमबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी घाइते भएका दुवै जनाको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०७९ ०८:०४ मंगलबार