२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

लोकन्थलीमा जग खन्दा पुरिएर एकजना मजदुरको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली खरिबोट बासुकी कोलोनी नजिक एकजना पूर्वसचिवको घरको जग खन्ने क्रममा पुरिएर एकजना मजदुरको मृत्यु भएको छ।  

काठ्माडौ महानगरपालिका वडा नं ३२ नरेफाँट बस्ने वर्ष ६१ को पूर्व सहसचिव तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं ४ घर भई हाल सोही साईटमा काम गरी बस्ने वर्ष अ २३ को मञ्जय विश्वकर्माको मृत्यु भएको हो।  एक्कासी छिमेकी रामप्रसाद ओली उच्च अदालत वुटवलको मुख्य न्यायाधिसको घरको उत्तरतर्फको अन्दाजी १५ फिट लम्बाई र १५ फिट उचाई भएको ढुङगा र ईट्टाको पर्खाल लड्न जादा ती मजदुर पुरिएका थिए।  

दुर्घटनापछि प्रहरी बृत ठिमीबाट प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठलगायत ५५ जनाको टोली र शसस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएर अस्पताल लगेको तर चिकित्सकले मृत घोषणा गरेको परिसरका एसपी प्रजित केसीले जनाए।  घाइतेलाई उद्दार गरी उपचारको लागि नजिकैको नागरिक अस्पताल लगिएको थियो।

प्रकाशित: १४ फाल्गुन २०७९ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App