२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटना: सात जनाको मृत्यु

बागलुङमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्री मृत्यु भएको छ।

शनिबार दिउँसो ढोरपाटन नगरपालिका ६ चामेद्दारस्थित सडकमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका ६ काफलबोट बस्ने १३ वर्षीय लक्ष्मण विकको टनास्थलमै मृत्यु भएको हाे।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

धनुषामा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाकाे मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। 

शनिबार दिउँसो सवैला नगरपालिका ९ कुश्माहास्थित सडकमा प्र २ ००६ प ०६५२ र ज ११ प ९२३७ नम्बरका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक सोही नगरपालिका १० अमरखाना बस्ने २३ वर्षीय अजय यादवको मृत्यु भएको हाे। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएकाे छ। दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।  

मकवानपुर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएको छ। 

शनिबार दिउँसो ईन्द्रसरोबर गाउँपालिका २ हेभिस्थित सडकमा बा ९० प २६०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालक भारत घर भई काठमाडौं बस्ने ३५ वर्षीय बिकास जैसवालको मृत्यु भएको हाे। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुपाल्चोकमा मोटरसाइकल सडकबाट तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालककाे मृत्यु भएको छ।

शनिबार साँझ पाँचपोखरी थाङपाल गाउँपालिका ६ गुफाडाँडाबाट बा प्र ०२०२० प ८८९४ नम्बरको मोटरसाइकल करिब ६ मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४७ वर्षीय राधे बन्जराको दुर्घटनास्थलमै मृत्यु भएको हाे।

रुपन्देहीमा ट्याक्टर र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका ५ मणिग्रामस्थित सडक छेउमा रोकी राखेको लु ४ त ९३५ नम्बरको ट्याक्टरमा लु ७९ प ९२५५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका १० तेल्गा घर भएका ३३ वर्षीय राजन बस्नेतको मृत्यु भएको हाे। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी शनिबार राति रुपन्देही बुटवल उपमहानगरपालिका ९ नयाँ बसपार्कस्थित सडकमा सु प प्र ०७-०२-००१ ख १२५६ नम्बरको बस र लु-८ प ९०६८ नम्बरको मोटरसाइकल शनिबार राति एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका घर भई रुपन्देही बुटवल उपमहानगरपालिका ११ माझगाउँ बस्ने ३७ वर्षीय मनोज हिताङको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

झापामा पिकअपको ठक्करबाट एक पैदलयात्री मृत्यु भएको छ। 

कन्काई नगरपालिका ८ लक्ष्मीपुर चोकस्थित सडकमा प्र १-०१-००१ च-९२२७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री झापा गाउँपालिका-२ बस्ने ७३ वर्षीय सन बहादुर माझीको गएराति मृत्यु भएको हाे।

ठक्करबाट शनिबार साँझ गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

 सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App