२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अघिल्लो बर्षको तुलनामा यो बर्षको हिउँदमा ताप्लेजुङमा सयगुणा कम बर्षा,जाडो पनि कम

ताप्लेजुङमा अघिल्लो बर्षको तुलनामा यसवर्ष हिँउद याममा सय गुणा भन्दा कम पानी परेको छ भने यो बर्ष अघिल्लो बर्षभन्दा तातो समेत भएको छ। जल तथा मौसम विज्ञान ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार अघिल्लो बर्षको पुस महिना(डिसेम्बर १६,२०२१ देखि फेब्रोअरी १६,२०२२) देखि फागुन पहिलो साता सम्ममा ७१.५ मिलमिटर बर्षा भएकोमा यो बर्षको सोहि अवधिमा मात्र ०.७० मिलमिटर बर्षा भएको छ।

जल तथा मौसम विज्ञान ताप्लेजुङ फिल्ड कार्यालयका मौसम विज्ञान सहायक डेबिट ढकालका अनुसार यसबर्षको फेब्रोअरी ९ र ११ तारेखमा क्रमशः०.५ र ०.२ मिलमिटर बर्षा भएको छ । २०२३ को जनवरी १ तारेखका दिन पानीको छिटा मात्र देखिएको थियो।यसबर्षको बर्षा यतिमात्रै रहेको ढकालले जानकारी दिए।  

यो तथ्याङ्कका आधारमा हिउँद यामको पुस,माघ र फागुनको पहिलो साता भित्र ताप्लेजुङमा अघिल्लो बर्षभन्दा करिव १ सय २ प्रतिशत कम पानी परेको छ । अघिल्लो बर्ष पुस दोस्रो साता देखि नै बर्षा भएको थियो।यसबर्ष त्यो हुन सकेन।उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएपनि यसबर्ष हिमपात भएकै छैन । बर्षा र हिमपात समेत कम भएको यसबर्ष अघिल्लो बर्ष भन्दा न्यानो पाइएको छ।  

मौसम विज्ञान सहायक ढकालका अनुसार अघिल्लो बर्ष ताप्लेजुङमा न्यूनतम् तापक्रम १.२ डिग्री सेल्सियस मापन भएको थियो । यो बर्ष अहिले सम्मको सबैभन्दा जाडो अर्थात् न्यूनतम् तापक्रम २.४ डिग्री सेल्सियस मापन भएको छ । लगातार बर्षा,हिमपात,शितलहर र मौसम धुम्म भएको अवस्था बाहेक सामान्यतया मंसिरको दोस्रो साता देखि माघ अन्तिम सम्म जाडो हुने गर्छ।  

प्रकाशित: १० फाल्गुन २०७९ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App