१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

भक्तपुरको सूर्य विनायकमा एक पुरुष मृत फेला

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं ८ आशापुरीमा रहेको सामुदायिक जंगलमा हाल नाम थर नखुलेको अन्दाजी ४०/४५ वर्षको पुरुष मृत अवस्थामा फेला परेको छन्। 

उचाइ ५.५ फिट, बाया हातमा कालो फित्ता वाला घडी लगाएको, घाटीमा रातो धर्सा भएको फुल वाला टिसर्ट लगाएको, तलको भागमा कपडा नभएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

सूचना पाएपछि पहिला अस्थायी प्रहरी पोष्ट आशापुरीबाट प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठको टोली खटी गएको र थप घटनास्थल शव जाँच मुचुल्काको लागि वृत्त जगतीबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटीएकाे प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए।

प्रकाशित: ८ फाल्गुन २०७९ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App